इञ्जिनियर बलात्कारको आरोपमा पक्राउ



२६ भदौ, बैतडी– बैतडीको मेलौनी नगरपालिकाका इञ्जिनियर बलात्कारको आरोपमा पक्राउ परेका छन् । १७ वर्षिया किशोरीमाथि बलात्कार गरेको आरोपमा मंगलबार साँझ प्रहरीले इञ्जिनियर २७ वर्षीय रोशन चन्दलाई पक्राउ गरेको हो ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्