पञ्चदेवल विनायकको ९० प्रतिशत बजेट खर्च



२५, भदौ, अछाम– अछाको पञ्चदेवल बिनायक नगरपालिकामा गत आर्थिक बर्षमा करिव ९० प्रतिशत बजेट खर्च भएको छ ।

आर्थीक बर्ष २०७५/०७६ को कुल बजेट ३९ करोड मध्ये पुजीगत तर्फको १० करोडमा ९० प्रतिशत बजेट खर्च भएको हो । पुजीगत तर्फको बजेट सवै भन्दा बढि सडक निर्माणमा खर्च गरिएको छ । गत आर्थीक बर्षमा सम्पन्न भएका महत्वकांक्षी योजना मध्ये बिनायक कालेकाँडा सडक खण्ड, बिनायक तोली सडक खण्ड, तोली पुल्लेतोला सडक खण्ड र स्वागत गेट रहेका छन् । जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको र सम्पन्न योजनाहरुमा काम सन्तोषजनक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीकान्त बजगाईले बताउनु भयो ।

पुजीगत तर्फको १० प्रतिशत बजेट समयमै सम्झौता नगरेका कारण फ्रिज भएको उहाको भनाई छ । नगरपालिकाले यस आर्थिक बर्षमा शिक्षा स्वास्थ्य, खानेपानी र नगरपालीकाको भवन निर्माणमा सबै भन्दा बढी बजेट केन्द्रित गरेको बजगाँईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्