पशुपतीनाथको भेटी चोर्ने भट्टको नयाँ जुक्ती, यसरी भयो प्रर्दाफास



काठमाडौं, २५ भदौ – पशुपतिनाथ मन्दिरका भट्टहरुले सुन,चाँदी,गहना तथा पैसाहरु बाहिर लान नयाँ नयाँ जुक्ती लगाउने गरेको खुलासा भएको छ ।

पशुपतिनाथको गुरुयोजना बारे छलफल गर्न आयोजित एक कार्यक्रममा नेकेपाका सांसद नारदमणी रानाले आफूलाई पशुपतिका भट्टहरुले फुलका टोकरीबाट भेटी र गहना बाहिर लाने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पुँजा गर्न आएकी एक महिलाको थालीमा सुन, मोबाइल र ५० हजार पैसा राखिदिएछन्, पछि फोन गरेर थाली साटिन् गयो भन्दै मागेर लगेछन् ।’ उहाँले थप्नुभयो ‘यसरी टोकरीमा भेटी, गहना र पैसा हालेर बाहिर लाने काम भइरहेको छ, यसलाई तत्काल रोक्न आवश्यक छ ।’ सांसद राणाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्