जनआन्दोलनका घाईतेको गुनासो : “परिवर्तनका लागि ज्यानको बाजी लगायौं अहिले राज्य र नेृत्वले वास्ता गर्दैन



२५ भदाै, अछाम- गृह मन्त्रालयले जनयुद्धका घाईते लाई प्रतिशत निर्धारण तथा पुनराअवलोकन कार्य सुरु गरेपछि अछाममा रहेका जनयुद्धका घाईतेहरुले पनि पुनरावलोकन गराउन थालेका छन् । जनयुद्धका क्रममा सरकार पक्षबाट घाईते भएका हरुको गृहमन्त्रालयले तथ्यंक संकलन र शरिरमा बमबारुद र गोलिका छर्रा भए नभएको अवस्था बारे एकिन गर्ने काम भईरहेको छ ।


आफुहरु जस्ता जनयुद्धका घाईते अपाँग भएका र शरिर भरी बम बारुदका छर्रा भएका योद्धाहरुलाई राज्यले बेवास्था गरेको जनयुद्ध जनआन्दोलनका घाईते संघ अछामका संयोजक दल ब साउद (संगम) ले बताउनुभयो । घाईते अपाँगता भएकाहरु र शरिरमा गोलिका छर्राहरु रहेका ब्याक्तिहरु निकै दुःखदायीपूर्ण जीवन बाँचिरहेको उहाँको गुनासो छ ।
जनयुद्ध र जनआन्दोलनको क्रममा देश र जनताको लागी आफनो ज्यानको बाजी लगाएर, भोक निन्द्रा नभनी संघर्षमा होमिएका घाईते अपाङ्गहरु आफुहरुको उपचार र सहयोगका लागि राज्यले कुनै पहल नगर्दा निरास बनेका छन् । देशमा शासन ब्यावस्था परिवर्तन गर्न र जनताको अधिकार स्थापित गर्नका लागि लडेका कयौ ब्याक्तिहरुको बेजोग अवस्था हुदा पनि नेतृत्व वर्ग र राज्यका सबै निकायहरु बेखबर हुनु दुःखद भएको उनीहरुको भनाई छ ।
जनयुद्ध र जनआन्दोलनका घाईते अपाङ्गहरुलाई सरकारले जिबन निर्वाह भत्ताको ब्यावस्था गर्ने भनेपनि आज भोलि कुरा समेत सुन्न नचाहने भएकाले आफुहरु निरिह बनेको जनयुद्धका घाईते रामारोशन गाउँपालिका ६ का राम ब साउद (आयाम) को भनाई छ ।
पढने लेख्ने उमेरमा बन्दुक समाएर देश परिबर्तन गर्ने तिर लागेको तर देशमा परिबर्तन आई संघियता र नयाँ संविधान आईसके पनि परिवर्तनका मुख्य पात्रहरु घाईते अपाङ्गको अवस्था दयनिय हुँदै जानु दुःखद कुरा हो । लामो समय बितिसक्दा पनि सरकारले कुनै पहलकदमी नलिदा आफु जस्ता हजारौ साथिहरुको अवस्था दयनिए भएको र बम, बारुद र गोलीका छर्राले थिलथिलो भएको शरिरले कुनै पनि काम गर्न नसकिने अवस्था रहेको रामारोशन गाउँपालिकाकै कम्मान सिंह साउँद (जोशीला) ले बताउनु भयो ।
देशमा संघिय लोकतान्त्रिक गणतन्त्र आएर तिन तहको सरकारको अभ्यास भईरहेता पनि यसै ब्यावस्थाका लागि लड्ने योद्धाहरुको ब्यावस्थापन हुन नसक्नु दुखद भएको रामारोशन गाउँपालिकाका स्थानीय दल बहादुर साउद (असिम) को भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार सबैले जनयुद्ध र जन आन्दोलनका घाईते अपागहरुलाई मुख्य प्राथमिकता दिन जरुरी रहेको उहाँले बताउनु भयो । तिनै तहका सरकारले परिवर्तनका खातिर लड्ने योद्धाहरुलाई ब्यावस्थापनमा ध्यान दिनु पर्नेमा सरोकारवालाको समेत जोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्