प्रदेश लोकसेवा गठनको बाटो खुल्यो
मकवानपुर,२५ भदौ । प्रदेश ३ मा लोकसेवा आयोगको गठन गर्ने बाटो खुलेको छ।
आज प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार कार्यबिधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो। विधेयकमा ८ जनाले संसोधन प्रस्ताव राखेका थिए।
विधयेकमाथि दफावार छलफल भएर प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदनको निर्णयसहित मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा ’प्रदेश लोकसेवा आयोगको गठन, काम , कर्तव्य, अधिकार कार्य्विधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको हो।