सरकार असफल बनाउने खेल : नौ वर्षदेखि सडक अलपत्र पार्नेलाई मेलम्चीको ठेक्का



२५ भदौ, काठमाडौं– योजना अलपत्र पारेर पटक पटक नेकपाका अध्यक्ष पुष्पकमल दाहालको बद्नाम गराउँदै आएका घरबेटी ठेकेदार मेलम्ची खानेपानी आयोजनाको पनि ठेक्का परेको छ ।

कमलविनायक नगरकोट सडक, कपन क्षेत्रका सडक र अन्य ठेक्का लिएका सडक र पुल वर्षैदेखि अलपत्र पारेर बसेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । पटक पटक विवादमा पर्दा र समयमा काम नसक्दा र योजनाहरू अलपत्र पारेर बस्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको
सैलुङ कन्स्ट्रक्सनलाई ठेक्का दिइएको नागरिक दैनिकले खबर छापेको छ ।

सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन् । दाहालकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो ।

प्रतिक्रिया दिनुहोस्