व्यापारीको पिछा गर्दै आएका ‘कन्ट्रयाक किलर’ भक्तपुरबाट पक्राउ



२४ भदौ, काठमाडौं– प्रहरीले हतियार सहित उपत्यका छिरेका कन्ट्रयाक किलर शम्भुप्रसाद साहलाई पक्राउ गरेको छ । व्यक्ति हत्याका लागि ‘कन्ट्रयाक’ गरेर काठमाडौं उपत्यका छिरेका साहलाई प्रहरीले भक्तपुरको भात्तेढिकुरबाट सोमबार राती पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले साह व्यक्ति हत्याको योजनाअनुसार उपत्यका छिरेका हुन् । बारा फेटा गाउँपालिकाका साह कसको हत्या गर्न छिरेका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

कसैको हत्या गर्न साह उपत्यका छिरेको सूचनाका आधारमा नै प्रहरीले खोजीनीति गरेको थियो । एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरेका साह तराईका एक व्यापारीको हत्याका लागि भक्तपुरसम्म पिछा गर्दै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्