रवि लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय नै उच्च अदालतमा



२४ भदौ, काठमाडौं– जिल्ला अदालत चितवनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पत्रकार रवि लामिछानेलाई थुनामै राखेर छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता गराएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका रवि लामिछाने, ३ लाख धरौटीमा छुटेका युवराज कणेल र साधारण तारेखमा छुटेकी अस्मिता भनिेने रुकु कार्की समेतलाई थुनामा राखेर छानविन गर्न माग गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन परेको हो ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको थियो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो । निवेदनको प्रारम्भिक सुनावाई आज तोकिएको छ ।

गएको साउन २० गते पत्रकार पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि भिडियो रेकर्ड गरेर उनले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।

साउन ३० गते काठमाडौँबाट पक्राउ गरि चितवन लगिएका यी तीन जना जिल्ला अदालतको साउन ९ को आदेशपछि हिरासतमुक्त भएका थिए । जिल्लाको आदेशविरुद्ध लामिछाने र कँडेल यसअघि नै उच्च अदालत पुगिसेका थिए । उनीहरुको रिटमा सुनुवाइ गर्दै उच्चले कैफियत मगाउन आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्