राजस्व अनुसन्धानद्वारा नेपाल पानमसला उद्योगसँग साढे सात करोड बिगो दाबी



काठमाडौं– राजस्व अनुसन्धान विभागले नेपाल पानमसला उद्योगमाथि राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । बाँकेको खजुरामा रहेको उद्योगले आर्थिक वर्ष २०७३–०७४ देखि लगातार तीन आर्थिक वर्षमा केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोगमा उक्त उद्योगलाई विभागले सोमबार बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो। विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ बिगो कायम गरेको छ। उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई समेत प्रतिवादी कायम गरेको छ । राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्छ । यस्तै, बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा छ ।

प्रतिक्रिया दिनुहोस्