नेपाल–चीन वार्ता : धुलिखेल–कोदारी खण्ड प्राथमिकतामा



२३ भदौ, काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली पक्षको भेटवार्तामा अरनिको राजमार्गको धुलिखेल कोदारी खण्डले चर्चा पाएको छ ।

आज भएको प्रधानमन्त्री केपी शर्मा ओलीबिच वान टुवान वार्ता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङ यी बिचको वार्ता तथा सामूहिक (डेलिगेसनस्तर) को वार्तामा समेत अरनिको राजमार्गको यो खण्डले प्रवेश पाएको हो । काठमाडौं उपत्यकालाई र चिन जोड्ने सबैभन्दा छोटो र सहज राजमार्गको रुपमा रहेको यो राजमार्ग स्तरोन्नतीका लागि सरकार पक्ष र चिनियाँ विदेशमन्त्रीको प्रतिनिधिमण्डलसँग भएका सबै वार्तामा यो राजमार्गको विषयमा कुरा भएको स्रोतले बताएको छ ।
वार्तामा मदन भण्डारी विश्वविद्याल, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ ।

वार्तामा चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि छलफल भएको छ । प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीचको वार्ताको एजेण्डामा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदाले पनि प्रवेश पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्