करेन्ट लागेर एक जना घाइते



२३ भदौ, काभ्रेपलाञ्चोक– काभ्रेको बनेपा नगरपालिका वडा नं. ५ मा घरको ढलान गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

बनेपा नगरपालिका वडा नं. ५ मा मनकामना सहकारीको निर्माणाधिन भवनको ढलान गर्ने क्रममा करेन्ट लागि बनेपा नगरपालिका वडा नं. ५ गणेस्थान बस्ने बर्ष ४८ को गोपाल राज दाहाक घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

घाईते दाहाकको शिर मेमोरियल अस्पताल बनेपा पठाईएको प्राथमिक उपचार पश्चात थप उपचारका लागि मध्यपुर ठिमी अस्पताल पठाईएको र घटना सम्बन्धमा अन्य अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्