युवतीमाथि यौन दुर्व्यवहारको आरोपमा पूर्वसभासद पक्राउ



२३ भदौ, काठमाडौं– सार्वजनिक बसमा युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा पूर्वसभासद् पक्राउ परेका छन् । काठमाडौंको रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका हुन् ।

घिसिङले क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । उनीमाथि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्