करुवामा लुकाएर ल्याएको डेढ किलो सुनसहित गुरुङ पक्राउ



२३ भदौ, काठमाडौँ– कतारबाट करुवामा लुकाएर ल्याएको डेढ किलो सुनसहित होमबहादुर गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पुर्याएका प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने क्रममा होमबहादुरको साथमा सुन रहेको देखिएको हो । थप चेकजाँच गर्दा गुरुङको साथमा डेढ किलो सुन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सुनसहित होमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्