लागुऔषध र धारिलो हतियारसहित दुई पक्राउ



२२ भदौ, भक्तपुर– मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सवारीसाधन जाँचका क्रममा बा ७९ प २७४१ नम्बरको स्कुटरमा आएका दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन् । उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्