बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ



२१ भदौ, बनियानी– २२ वर्षिय युवतीलाई बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ परेका छन् । झापाको कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जी रहेका छन् ।
उनिहरुले ज्वरो आएर विरामी परेकी युवतीलाई यातना दिएको प्रहरीले जनाएको छ ।
“पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भन्नुभयो, “उनीहरु ९कुमारी र दिनेश०ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।” व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उहाँले बताउनुभयो ।

दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो ।

पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप ९कसुर र सजाय० ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्