भारतीय तस्करको लगानीमा नेपालमा गाँजा र अफिम खेती



२१ भदौ, काठमाडौं – नेपालका ४० जिल्लामा भारतीय तस्करहरुको लगानीमा गाँजा र अफिम खेती हुने गरेको पाइएको छ ।
पहिले पहिले नेपालका तराई क्षेत्रमा ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेकोमा अहिले तराई देखि रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछाप, लगायत पहाडी जिल्लामा समेत ब्यवसायीक रुपमा गाँजाको खेती हुन्छ । यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लामा अफिम खेती हुने गर्छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी दिनेश अमात्यका अनुसार, अहिले नेपालको अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ ।

नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुन्छ त्यसैले कृषकहरुले लुकिछिपी रुपमा अफिमको खेती गर्ने गरेका जानकारहरु बताउँछन् ।

अनुसन्धान अनुसार, सीमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गर्ने गर्दछन् । उनिअहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन् । नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्नकालागि अग्रिम रुपमा मल विउ, देखि पैसा सम्म दिने गर्छन् ।

अहिलेकै जसरी जस्तै गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तान झैं लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ । हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र संगठनात्मक रूपमा लागुऔषध वितरण गर्ने सञ्जाल भने देखिएको छैन । तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्