एटिएम लुटपाट प्रकरण : लुटेराहरुले हेलिकप्टर चार्टर गरेको देखियो



काठमाडौं, २१ भदौ – एटिएम ह्याक गरेर करोडौं नेपाली रुपैयाँ उडाउने चिनियाँ लुटेराहरुको अर्को तथ्य बाहिर आएको छ । एटिएम ह्याकरहरुले आफू बच्नका लागि हेलिकप्टरको समेत प्रयोग गरेको देखिएको हो ।

शनिवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गमा रहेको नबिल बैंक परिसरमा झु लियानग्याङलाई नियन्त्रणमा लिएको थियो । ४५ हजार रुपैयाँ र २० वटा एटिएम कार्डसहित उनी नियन्त्रणमा परेका थिए । उनको गोजीमा काठमाडौंको माया मनोर बुटिक होटेलको रुमको चाबी पछ्याउँदा प्रहरीले थप चार जनालाई पक्राउ गरेको थियो । प्रहरीको टोलीले थप चार जना सहित १ करोड ३६ लाख रुपैयाँ पनि बरामद गरेको थियो ।

प्रहरीले केही घण्टा भित्र एटिएम ह्रयाक गर्ने लुटेरा र रकम समातेपनि तीन जना लुटेरा भने भाग्न सफलभ एका थिए । भाग्ने तीन मध्येका एक थिए सु लुसिङ ।

गत शनिवार साँझ पौन ६ बजेतिर ठमेलमा रहेको डेस्को र नेपालयन मनी चेन्जरबाटसाटिएको झन्डै २६ हजार डलर लिएर उनी टुयाक्सी भाडामा लिएर रसुवा पुगेका थिए । सु लुसिङ नै हुन् जसले प्रहरीबाट बच्नका हेलिकप्टर समेत चार्टर गरेका थिए । फ्रान्सको पासपोर्ट भएका सु नेपालबाट मलेसिया उड्ने तयारीमा थिए ।

सु लुसिङ एयरपोर्टमा समातिनुपूर्व मनी चेन्जरमा साटिएको २६ हजार डलरसहित फरार रहे । शनिवार उनको टोलीका साथीहरु समातिएका सूचना पाएलगत्तै उनी केरुङ नाकाबाट चीनतिर छिर्ने तयारीसाथ रसुवा पुगेका थिए । प्रहरीको अनुसन्धानमा आइतवार बिहान उनी ११ बजेतिर रसुवा पुगेको देखिन्छ ।

साथीहरु पक्राउ परेपछि प्रहरीको फन्दामा पर्ने डरले सु ट्याक्सी भाडामा लिएर भाग्दै केरुङ पुगेकोका थिए । तर, रसुवाको कडा सुरक्षा व्यवस्था देखेर उनी त्यहाँबाट उम्किन मुस्किल पर्ने देखिएसँगै हेलिकप्टर चार्टर गरर काठमाडौं फर्किएका थिए ।

शनिवार साढे ४ बजे दरवारमार्गमा उनका साथीहरु पक्राउ परेका थिए । त्यसको ३० मिनेटको अन्तरालमा उनी फरार भएका थिए । आइतबार ११ बजे रसुवा पुगेका उनी दिउँसो त्यतै बसेको देखिन्छ । सडकमार्गबाट फर्किँदा फ्लाइट भ्याउने सम्भावना कम देखेपछि उनले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं फर्किएको देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

उनी चढेको हेलिकप्टरमा अरु मानिसहरु पनि रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ । ती को थिए, प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । प्रहरीका अनुसार सु चढेको हेलिकप्टर ५ बजे काठमाडौंमा ल्यान्ड भएको देखिन्छ ।

साथीहरु समातिएपछि उनले ट्याक्सी भाडामा लिएर रसुवा पुगेका थिए । ट्याक्सीलाई उनले २ सय ५० डलर तिरेका थिए । होटेल पुगेर पैसा झिकेर निस्किएका उनी रसुवाबाट चिन पस्न नसक्ने देखिएसँगै हेलिकप्टर फालाइट गरी काठमडौं फर्किएका हुन् ।आइतबार राति ९ बजे मलेसियाको फलाइट समात्ने योजनामा रहेका उनी एयरपोर्टबाटै समातिएका हुन् ।

प्रहरीले अहिले पक्राउ परेका चिनियाँ नागरिक सहित अन्यको बयान लिइरहेको छ । त्यस्तै उनीहरुको साथबाट प्राप्त मोबाइल फरेन्सिक चेकका लागि पठाइएको छ ।लुसहित फरार रहेका अन्य दुईजना भने अहिलेपनि फरार छन् ।

प्रतिक्रिया दिनुहोस्