वडाध्यक्षले गरे आत्महत्याको प्रयास



अवस्था गम्भिर

२१ भदौ– रुपन्देहीमा एक जना वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले शनिबार आत्महत्या प्रयास गरेका हुन् ।
आफ्नै घरमा सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या प्रयास गरेका नेपाल अवस्था गम्भिर रहेको र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनले पासो लगाएको तत्कालै परिवारका सदस्यले देखेपछि छिमेकीको सहयोगमा पासो लागेको डोरी काटेर उद्दार गरि उद्दार गरी अस्पताल पुर्याइएको थियो । नेपालको लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजनमा समस्या आए पनि घाँटीको हड्डी नभाँचिएको जनाइएको छ । आत्महत्या प्रयासको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्