हनुमन्ते सफाईको ८० औं हप्ता स् दुई टन फोहर सङ्कलन



२१ भदौ, भक्तपुर– भक्तपुरको हनुमन्ते सफाइका क्रममा २ टन फोहोर संकलन भएको छ । हनुमन्ते सरसफाइ अभियानको ८०औं हप्ताको सरसफाइका क्रममा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको हो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ ।

अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीको सहभागिता रहेको र सफाइ अभियानमा दुई टन फोहर सङ्कलन गरिएको छ । विसं २०७५ देखि हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्म करीब ७०० टनभन्दा बढी फोहर सङ्कलन गरिएको अभियन्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्