परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी भोली नेपाल आउँदै



२१ भदौ, काठमाडौं– चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा वाङ यी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको यो भ्रमणलाई असोज अन्तिम साता हुने चिनिया राष्ट्रपति सि जनपिङको नेपाल भ्रमणको तयारीका रुपमा लिइएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्