भीमफेदीमा सुमो दुर्घटना : १ को मृत्यु ८ गम्भिर घाइते



२० भदौ, मकवानपुर– काठमाडौंलाई हेटौडासँग जोड्ने छोटो दुरीको काठमाण्डौँ–हेटौँडा सडकको भिमफेदी खण्डमा सुमो दुर्घटना हुँदा १० बहिने बालिकाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदी गाउँपालिका वडा नंबर ६ जुडीखेतको चियानडाँडामा दुर्घटना हुँदा १० महिनाकी समरागी माझीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ११ जना यात्रु घाईते भएका छन् । घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम, महेन्द्र शाही रहेका छन् । त्यसैगरी सिन्धुलीका दलबहादुर हिम्डुम, महोत्तरीका बिरबहादुर वाईवा रहेका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा ल्याएइएको छ ।

प्रतिक्रिया दिनुहोस्