स्वदेश फर्किँदै ओली : उत्साहित कार्यकर्ताद्वारा भव्य स्वागतको तयारी



२० भदौ, काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकपा) का अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदै हुनुहुन्छ ।


पन्ध्र दिनको उपचार पछि ओली नेपाल फर्किन लागेपछि नेकपाका कार्यकर्ताहरूमा खुसियाली छाएको छ । प्रधानमन्त्री ओली आज १२ बजे थाइ एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने नेकपाले जनाएको छ । नेकपाका नेता बामदेव गौतम र नेकपाका महासचिव बिष्ण पौडेल प्रधानमन्त्री ओलीलाई लिन सिङ्गापुर नै पुग्नुभएको छ । गौतमले प्रधानमन्त्री ओलीलाई विमानमा स्वागत गरेको तस्बिर सार्वजनिक भएसँगै ओली लाई भव्य स्वागत गर्न कार्यकर्ताहरू उत्साहका विमानस्थल जान लागेका छन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको काम गर्ने शक्तिमा ह्रास आएपछि उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्