त्रिविले दियो २०६३ साल देखिका विद्यार्थीलाई परीक्षा दिने अन्तिम मौका (सूचना सहित)



काठमाडौ– २०६३ सालदेखि भर्ना भएर हालसम्म उत्तिर्ण हुन नसकेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले परीक्षामा सहभागि गराउने भएको छ ।

त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ । मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्नुपर्ने छ ।

यो परीक्षा आंशिक र पूरा दुबैको हुनेछ । साथै २०६३ सालमा प्रथम पटक परीक्षा दिई ६ बर्ष पूरा भएर परीक्षा दिन नपाएकाले त्यसै रहेकाहरुका लागिपनि यो पटक मौका परीक्षा तय गरिएको छ ।

यो अन्तिम पटकका लागि मौका परीक्षा हो । यसैले भदौ १७ गतेदेखि कात्तिक १ गतेसम्ममा फारम भरेर यो मौकाको फाईदा लिनुहो । सम्बन्धित सूचना तल अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्