एकैपटक प्रतिलिटर ६ रुपैयाँले बढ्यो दूधको मूल्य
काठमाडौं, १९ भदौ – प्रतिलिटर ६ रुपैयाँको दरले सरकारले दूधको मूल्य बढाएको छ ।
दुग्ध बिकास संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले उपभोक्ताद्वारा खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको जानकारी दिनुभयो । ।
भदौ २१ गते शनिबारबाट बढेको दूधको मूल्य लागू हुने समेत उनले जानकारी दिए ।
गत साउन २९ गते सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।
हाल बढेकोे मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् ।
नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नुपर्नेछ ।