चक्कुको बिँडमा राखेर सुन तस्करी



१८ भदौ, काठमाडौं- तस्करहरुले सुन तस्करीमा नयाँ तरिबा अपनाउने गरेका छन् । विमानका यात्रु देखि बच्चाको डाईपर सम्म प्रयोग गर्दै आएका तस्करले यसपटब भने चक्कुबो बिँडमा राखेर सुन तस्करी गरेकाेे खुल्न अाएकाे छ ।

कास्की घर घएका सन्तोषकुमार नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हाे । उनको साथबाट चक्कुको बिडभित्र लुकाएर ल्याएको आधा केजी सुन पनि बरामद गरिएको छ । पक्राउ परेका नेपालीले २ वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएका थिए ।

सुन तस्करीको मुख्य नाका बनेको विमानस्थलमा हरेक दिन विदेशबाट आएको सुन बरामद हुने गरेको छ । पक्राउ परेका नेपालीलाई बुधबार नै राजश्व अनुसन्धान विभागमा बुझाइने विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्