वैशाखमा प्रहरीको हतियार लुटिएकै ठाउँमा पुनः प्रहरीमाथि आक्रमण




१८ भदौ, धनुषा– धनुषाको समावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा पुनः प्रहरीमाथि आक्रमण भएको छ ।
चोर समात्न गएको प्रहरीको टोली र स्थानीयबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ ।

मंगलबार साँझ मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा नम्बर ५ मा चोरीको मोटरसाइकल खरीद बिक्री भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकका प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले नियन्त्रणमा लिएका ‘मोटरसाइकल चोर’ भनिएका एक जना व्यक्तिलाई स्थानीयले प्रहरीलाई नै आक्रमण गरेर भगाइदिएका छन् ।

१८ वैशाखमा भारततर्फ मदिरा तस्कर गर्नेहरुको एक समूहले सोही ठाउँमा असई प्रमोद कुमार साहको पेस्तोल लुटेका थिए । लुटिएको पेस्तोल सोही दिन साँझ सिमावर्ती क्षेत्रको एक झाडीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्