काठमाडौंमा दुई समूहबीचको ग्याङ फाइटमा एक युवाको मृत्यु



१८ भदौ, काठमाडौं– काठमाडौं काठमाडौंमा दुई समूहबीचको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ ।


जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमासंखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राईको मृत्इु भएको हो । कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

राईको छातिमा गहिरो चोट लागेका कारण मृत्यु भएको हो । प्रहरीले ग्याङ फाइटमा संलग्न २ युवा पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको फावाखोला ४ का प्रेमकुमार राई, इलामको चिटिढुङ्गा १ का शुसान राई रहेका छन् ।

दुबै जनालाई बुधबार बिहान कपन क्षेत्रबाट पक्राउ गरिएको हो । के कारणले झगडा परेको थियो भन्ने खुलेको छैन् । दुई समूहबीच जम्काभेट भएसँगै झगडा शुरु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्