धादिङमा जिप दुर्घटना हुँदा १० जना घाइते



१७ भदौ धादिङ– धादिङमा यात्रुवाहक जिप दुर्घटना हुँदा दश जना घाइतृ भएका छन् । आज नीलकण्ठ नगरपालिका–२ भुलभुलेमा दुर्घटनामा १० जना घाइते भएका छन् । धादिङबेसीबाट पात्लेतर्फ जाँदै गरेको ग१ज ६०६१ नंको बोलेरो जीप दुर्घटनामा परेको हो ।

प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्