ग्यास सिलिण्डरको पिँधमा प्वाल देखेपछि प्रहरी नै चकित



१७ भदौ, काठमाडौ– ग्यास सिलिण्डरमा राखेर लागुऔषध ओसारपसार भएको तथ्य खुल्नआएको छ । प्रहरीले लागुऔषध सहित राजगढ गाउँपालिका वडा नंं ६ का ३८ वर्षिय अशोक यादवलाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिका १६ स्थित बागेश्वरी मन्दिरको बाटो हुँदै बजार प्रवेश गरिरहेको मोटरसाइकललाई सादा पोशाकका प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा ग्यास सिलिण्डरको पिंधमा प्वाल देखेपछि प्रहरी आश्चर्यमा परेका थिए ।

प्रहरीले ग्यास सिलिण्डरको पिँधमा रहेको प्वाल खोलेर हेर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो । यो घटना सँगै सप्तरीका प्रहरीले तस्करीको नयाँ तरिका प्रयोग भइरहेको जानकारी पाएका छन् । सिलिण्डरको पिँध काटेर बनाइएको प्वालभित्र लागुऔषध ल्याउने यादव ‘भरिया’ हुन् वा तस्कर हुन् भन्ने खुलेको छैन । यादवमाथी लागुऔषध ओसारपासारमा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्