२७ दिन देखि काठमाडौं विश्वविद्यालयमा तालाबन्दी



१७ भदौ, काठमाडौं– प्राध्यापक र कर्मचारीहरूले विभिन्न माग राख्दै २७ दिन अघि काठमाडौं विश्वविद्यालयमा गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।

प्राध्यापक र कर्मचारीहरूले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार÷अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नेलगायतका विषयमा विश्वविद्यालय प्रशासनसँग सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उपकुलपति, रजिस्ट्रार, स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो । गरेका हुन् ।

पटक पटक भएको अनौपचारिक छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि २७ दिनदेखि लागेको ताला अझैसम्म नखुलेको हो । उपकुलपति र रजिस्ट्रारको कार्यालयमा कर्मचारी समेतलाई बाहिर निकाली तालाबन्दी गर्दै विभिन्न सङ्कायका सेमेष्टर परीक्षा सञ्चालन भइरहँदा सङ्घका प्राध्यापक र कर्मचारी संलग्न नहुँदा विद्यार्थीलाई गार्ड राखेर परीक्षा समेत सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्