महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले प्रशिक्षण दिने



१७ भदौ, काठमाडौं– नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीले प्रशिक्षण दिने भएको छ ।
नेपाली काँग्रेस तीन नं. प्रदेशका महाधिवेशन प्रतिनिधिलाई भदौ २० र २१ गते दुई स्थानमा कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइने भएको हो । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा मध्यपुर ठिमी नगरपालिका ९, वोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण हुनेछ । भदौ २० गते विहान ८ देखि १० बजेसम्म सहभागीहरुले नाम दर्ता गर्नुपर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जनाएका छन् ।

भदौ २० गते विहान १० बजे द्योवु, बोडेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । प्रदेश नं ३ को भक्तपुरमा आयोजित प्रशिक्षणमा यस प्रदेशका १३ जिल्ला मध्ये सात जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी हुने सचिव आचार्यले बताए ।

प्रदेश नं. ३ का बाँकी ६ जिल्लाहरु रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा आयोजन गरिनेछ । प्रदेश १ को धनकुटा र मोरड, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समय पछि प्रशिक्षण सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्