नेपाली कामदार जापान लैजान लिइने परीक्षा मिति सार्वजनिक



१७ भदौ, काठमाडौं– नेपाली कामदार जापान लैजाने लिइने परीक्षा मिति सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९ देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकेकोछ । यसमा एक हजार जनाले मात्रै आवेदन दिन पाउनेछन् ।

जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजानका लागि परीक्षा मिति सार्वजनिनक गरेको हो । एक हजार जनाले मात्र आवेदन दिन पाउने भएकाले सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ ।

यस्तो आवेदन दिन काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गरेर टोकन लिनुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि आवेदन फारम भरेर परीक्षामा सहभागी हुनुपर्नेछ । यस्तो परीक्षा नेपालमा कहाँ, कुन सेन्टरमार्फत हुन्छ भन्ने हालसम्म तय गरिएको छैन ।

परीक्षा उत्तीर्णलाई जापानमा रोजगारीको अवसर मिल्नेछ । दुबै परीक्षाका लागि शुल्क एक(एक हजार जापानिज युआन तोकिएको छ । नसिर्कङ केयर गिभरमा जान कुनै शैक्षिक योग्यता तोकिएको छैन । तर, जापान सरकारले लिने ‘नर्सिङ केयर सिप मूल्यांकन परीक्षा’ र ‘नर्सिङ केयर गिभर जापानी भाषामा मूल्यांकन परीक्षा’ पास गर्नुपर्नेछ ।

जापान सरकारकाअनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । सिप परीक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् । यसमा पनि ४० लिखित र ५ प्रश्नको व्यवहारिक खालका हुनेछन् । भाषा परीक्षा ३० मिनेटको हुनेछ । यसमा १५ वटा प्रश्नहरु सोधिने छन् ।

नेपाली कामदार लैजानेबारे जापानसँग नेपालले ‘सहकार्यको समझदारी’ गरिसकेको छ । समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा सो भन्दा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत लगायतका १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ ।

पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ । दोस्रो वर्ग, एसएसडब्लू (आईआई) का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

कामदारले काम गर्न पाउने अवधिबारे छुट्टै कार्यावधि बन्नेछ । असल कामदारले अर्को ५ वर्ष काम गर्न पाउने सहकार्यको समझदारीमै उल्लेख छ । भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुने अनुमान छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्