भारतमा पनि लुटिएको थियो एटिएम : नेपालकोे घटनामा भारतीय रिजर्भ बैंकको चासो



१७ भदौं, काठमाडौं- चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो देखाएको छ । बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो । सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेपछि भारतीय बैंकले चासो व्यक्त गरेको हो ।


केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो । भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन । नेपालमा पक्राउ परेका चिनियाँ नागरिकसँग नभे प्रहरीलेब यान लिइरहेको छ । यसैबीच नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले समेत चासो व्यक्त गरेको छ । पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए मंगलवार साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन ह्याकरहरुलाई भेटि घटनाबारे चासो राख्नुभएको हो ।

करिब डेढ घण्टा बसेका दूतावासका कर्मचारीले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए । सुवेदीलाई भेटेर फिङसा ओलिनले आपराधिक गिरोह बारे अनुसन्धान राम्रोसँग गरिदिन आग्रह गर्नुभएको थियो । आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन उनले आग्रह गर्नुभएको थियो । प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले सोमबार विमानस्थलबाट सु लुस ली नामका व्यक्तिलाई पनि पक्राउ गरेको छ । सु लुस ली भने चिनियाँ मूलका फ्रान्सेली नागरिक हुन । उनलाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको थियो । ह्याकरले नबिल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेका थिए । प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको थियो ।

प्रहरीले ह्याकरहरुलाई पैसा साटिदिने नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र म्यानेजर रेवती दवाडी तथा डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँसँग साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । प्रहरीले सिसिटिभी फुटेज अनुसन्धानबाट मनी एक्सचेन्जका सञ्चालकहरुलाई पक्राउ गरेको हो । फरार रहेका दुई चिनियाँ नागरिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्