चितवन अदालतको निर्णय बदरको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने



काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा छुटेका सञ्चारकर्मी रवि लामिछाने जिल्ला अदालतको निर्णयको बदर माग गर्दै उच्च अदालत हेटौडा पुगेका छन् ।

चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले गत भदौ ९ गते संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो ।

संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा पुगेर साधारण तारिकमा रिहा हुन उजुरी दिएका हुन्। धरौटीमा रिहा भएको कारण लामिछानेको मुद्धा अझै अदालतमा विचारधीन छ।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्