सर्पले डसेर किशोरीको मृत्यु



१७ भदौ, इलाम– विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ की टीका विसुङ्खे छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चारआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्