भिडियो कन्फरेन्समार्फत मन्त्रीहरूले प्रधानमन्त्रीलाई गराए काम बारे जानकारी



१७ भदौ, काठमाडौं– मन्त्रीपरिषद्का सदस्यहरूले भिडियो कन्फरेन्समार्फत आ–आफ्नो मन्त्रालयको कामबारे जानकारी गराएका छन् ।

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका हुन् । छलफलमा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् ।
यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए । मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । सो भिडियो कन्फरेन्सलाई स्वयं प्रधानमन्त्री ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्नमात्र उठेन, संसदमा समेत सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्