मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको हत्या



१७, भदौ काठमाडौं– मलेसियामा सेक्युरिटी गार्डको काम गर्ने एक नेपालीले सुपरभाइजरको हत्या गरिदिएका छन् ।
त्यहाँको एउटा अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्ने नेपाली तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका हुन् । सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली पोह मेङ मारिएका हुन् । उनको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।

‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन् । प्रहरीले घटनामा दुई नेपाली सेक्युरिटी गार्ड सहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने उनले खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्