गृहमन्त्रालयले माग्यो १९ सय ८९ कर्मचारी



सूचना हेर्नुहोस् र फाराम भर्नुहोस्

काठमाडौं– नेपाल सरकार गृहमन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ । मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालित सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाका लागि कर्मचारी माग गरेको हो ।

विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ। दस्तखत http://application.donidcr.gov.np/ बाट दिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्