१४ वर्षका बालकले गरे झुण्डिएर आत्महत्या



१७ भदौ विरगञ्ज– बाबुआमाले गाली गरेको भन्दै विरगञ्जका एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २० अपौनी का १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

बुवा नविलाल प्रसादले छोरा झुण्डिरहेको देखेपछि पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पु‍र्याएका थिए । अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका हुन् । उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै प्रहरीले बुवा नविलाललाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्