काभ्रेपलाञ्चोक पनि भेटियो डेङ्गु संक्रमण



१६, भदौ, काभ्रेपलाञ्चोक– काभ्रे जिल्लमा पनि डेङ्गुबाट संक्रमित एक पुरुष भेटिएका छन् । पनि खानीखोला गाउँपालिकाका संक्रमित ती पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडा लगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका एक पुरुषमा केही दिनअघि मात्रै डेङ्गुका लक्षण देखिएपछि उनलाई उपचारार्थ नजिकै रहेको हेटौँडास्थित अस्पतालमा उपचार गर्न पठाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कम्लेश मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने ब्यक्तिलाई एक्कासी उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्नेगरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा विमिरा आउनु तथा वाकवाकी लाग्ने, पेट दुख्नु, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ ।

जिल्लामा डेङ्गु संक्रमित ब्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । ‘डेङ्गु रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा ¥यापिट टिम खडा गरिसकिएको छ’ जनस्वास्थ्य निरीक्षक मिश्रले भन्नुभयो । उहाँका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्