सिंहदरबारबाटै सरकारी र निजी गरी दुई मोटरसाइकल चोरी



१६ भदौ, काठमाडौं– सिंहदरबार भित्रबाट एउटा सरकारी र एउटा निजी मोटरसाइकल चोरी भएको छ । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल १२ गते चोरी भएको हो ।

बा २ ब ८३०२ नम्बरको सरकारी र ज ९ प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् । चोरी भएको मध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दीनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।

‘१२ गते एक घण्टाको फरमा दुईवटै बाइक चोरी भएको हो, सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टिभी फुटेजबाट देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘फुटेजमा चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लाएको छ, दुबै बाइक चोरी गर्ने एकै व्यक्ति हुनसक्छ ।’

‘१२ गते एक घण्टाको फरमा दुईवटै बाइक चोरी भएको हो, सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टिभी फुटेजबाट देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘फुटेजमा चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लाएको छ, दुबै बाइक चोरी गर्ने एकै व्यक्ति हुनसक्छ ।’ चोरी भएको स्थान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५० मिटर नजिक पर्छ ।

प्रतिक्रिया दिनुहोस्