फरार प्रतिवादी न्यौपानेमाथी गोली प्रहार



१६, भदौ बाँके– प्रहरीले फरार प्रतिवादी नरेन्द्र न्यौपाने माथि गोली प्रहार गरेको छ ।

८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं. ४ का न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएपनि न्यौपाने फरार थिए ।

सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले फायर खोलेको खुल्न आएको छ । प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो ।

गोली लागी घाईते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्