एटीएम ह्याक गरेर पैसा चोर्ने थप एक चिनियाँ नागकि पक्राउ



भदौ, १६ काठमाडौं– प्रहरीले एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलबाट पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।

सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उक्त घटनामा संलग्न भई फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्