बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु



चितवन, भदौ १६ – चितवनमा बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ना६ख ७६८७ नंको बसले ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।


मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्