चरो ठोक्किएपछि कतार एयरवेजको जहाजको उडान रद्द



काठमाडौं– घावनमार्गमा उड्ने तयारीमा रहेको कतार एयरवेजको एउटा जहाजमा चरो ठोक्किएको छ ।
त्रिभुवन विमास्थलबाट कतारको दोहाका लागि १२ बजेर १० मिनेटमा उड्न लागेको कतार एयरवेजको क्युआर ६४५ जहाजमा धावन मार्गमै चरो ठोक्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उड्न तयार जहाजमा धावनमार्गमै चरो ठोक्किएपछि उडान रद्द गरिएको छ । चरो ठोक्किए लगत्तै जहाज ग्राउन्डेड गरी कतार एयरवेजकै इन्जिनियरहरुले प्राविधिक जाँच थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्