पहिरोमा पुरिँदा एकको मृत्यु ३ जना जना घाइते



भोजपुर– भोजपुरमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
शनिबार अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा थुम्लुङ्गका ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैँली गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा विष्टको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका विष्टको घर पुर्‍याएपछि ज्यान गएको हो । पहिरोमा अन्य तीन जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्