गच्छदार कांग्रेसका उपसभापति !



१४ वैशाख । काठमाडौं

कांग्रेसमा विजयकुमार गच्छदारले पार्टी एकता हुँदाको सहमति अनुसार उपसभापति दाबी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ
बैठकमा कांग्रेससँग पार्टी एकता गर्दाको सम्झौताको फाइल पेस गर्दै उनले ‘यथोचित समायोजन’लाई टुंगोमा पु(याउन नेतृत्वलाई आग्रह गरे ।

केन्द्रीय समितिमा १५ देखि २० सदस्यसहित उपसभापति, सात सय महाधिवेशन प्रतिनिधि, तीन सय महासमिति सदस्य, २० हजार क्रियाशील, ६३ जिल्लामा केन्द्र मातहतका निकायमा सम्बन्धित समितिको उपसभापतिसहित १० सदस्य र हरेक विभागमा तीन सदस्य आफूहरूलाई दिनुपर्ने माग गरेका छन् ।

तर, कांग्रेस विधान अनुसार उनलाई उपसभापति दिन मिल्दैन । निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै उपसभपाति मनोनयन गर्नुपर्ने हुन्छ । उपसभापतिका लागि अर्का मधेसी नेता विमलेन्द्र निधि प्रमुख दाबेदार हुन् । देउवाले गच्छदारलाई नेता पौडेल, उपसभापतिपछिको मर्यादाक्रम दिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्