गृहमन्त्रालयले गर्यो ३५ एसएसपीको सरुवा



काठमाडौं– गृह मन्त्रालयले ३५ जना प्रहरी बरिष्ठ उपरिक्षक को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार महानगरीय ट्राफिक महाशाखा प्रमूखमा भिम ढकाल र ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राईको सरुवा भएको छ ।

अहिलेका ललितपुर प्रहरी प्रमुख एसएसपी रबिन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य बिभागमा सरुवा गरिएको छ । बुटवल तालीम केन्द्रको समादेशकमा डा। गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरीराज वाग्लेको सरुवा भएको छ ।

त्यसैगरि प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानमा शौरभ राणा, लुम्बिनीमा मोहनराज शर्मा, जनकपुरमा किशोर दाहालको सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्