गाईगोरु फालेको घटना : गृहमन्त्रालयले गठन गर्यो छानविन समिति



काठमाडौं– गृहमन्त्रालयले नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै फालेको घटनाबारे छानविन गर्ने भएको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले छानविन थालेको छ जनाएको हो । मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ ।

गठित समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।

दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिए । १४४ वटा त्यही छाडिएका थिए भने गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्