पर्यटन मन्त्री भट्टराईले भेटे काँग्रेस सभापति देउवालाई



काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सभापति देउवा निवास बुढानिलकण्ड पुगेर भट्टराईले भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री भट्टराईले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएका हुन् । भट्टराईले भेटका क्रमा मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको फेसबुकमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्